विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले सेयधनीलाई ५.२६३२ प्रतिशतले लाभांश दिने भएकाे छ । कम्पनीको हिजो (२० गते सोमबार) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीकाे ५.२६३२ प्रतिशतले लाभांश दिने निर्णय गरेकाे हाे ।

चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद लाभांश दिने निर्णय गरेकाे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार लाभांश वितरणका लागि कम्पनीकाे आगामी कात्तिक २ गते हुने साधारणसभामा प्रस्ताव गरिनेछ । सभाले पारित गरेपछि सेयरधनी सदस्यमा लाभांश वितरण गरिनेछ ।

कम्पनीकाे याे वर्षकाे लाभांश अघिल्लाे वर्षकाे तुलनामा घटेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशन बोनस सेयरसहित कुल १०.५२६३ प्रतिशत लाभांश बाँडेको थियो।

कम्पनीको इलाममा निर्माण सम्पन्न २२ मेगावाटको माई खोला र ७ मेगावाटको माई क्यासकेड जलविद्युत अयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit