विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभामा निर्माणाधीन १४.९ मेगावाटको मायाखोला जलविद्युत आयोजनाको मुख्य सुरुङको निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको २२ सय मिटर लामो मुख्य सुरु पूरा हुन लागेको हो ।

आयोजनाको मुख्य सुरुङ छेडिन अब बढीमा २ साता लाग्ने आयोजनाका प्रमुख इन्जिनियर जितेन्द्र गुरुङले बताए । ‘मुख्य सुरुङ बैशाखभित्रै खनेर सम्पन्न गर्ने लक्ष्य थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘कोरोना महामारीको दोस्रो लहरमा ठूलो संख्यामा कामदार तथा कर्मचारी नै संक्रमित हुँदा काम प्रभावित भएकाले पूरा गर्न सकिएन । अब पूरा हुने चरणमा पुगेको छ ।’

उनले भदौ ३ गतेका लागि सुरुङ खनेर सम्पन्न गर्ने मिति तय भएको बताए । कोरोना महामारीको दोस्रो लहरमा आयोजनामा कार्यरत ४० जना कामदार तथा कर्मचारी संक्रमित भएका थिए । 

अहिले सबै संक्रमित संक्रमण मुक्त भई काममा फर्किसकेको पनि गुरुङले बताए । आयोजनाको ७० प्रतिशत बढी निर्माण पूरा भइसकेको छ । अहिले विद्युतगृह र सुरुङमा काम भइरहेको उनले जानकारी दिए । बाँध क्षेत्रको निर्माण अन्तिम चरणको काम मात्रै बाँकी छ ।

आयोजनासँग भएका अक्सिजन सिलिण्डर स्थानीय प्रशासनलाई बुझाएकाले हाइड्रोमेकानिकलतर्फको काम सुरु गर्न नपाएको उनले बताए । ‘जिल्लामा कोरोनाका गम्भिर बिरामी बढेपछि हामीसँग भएका अक्सिज सिलिण्डर स्थानीय प्रशासनलाई बुझाएका थियौं । अहिले हामीलाई नै चाहिएकाले मागिरहेका छौं । तर, फेरि कोरोनाका बिरामी बढ्न थालेकाले फिर्ता पाइहाल्ने अवस्था पनि छैन । यता हाम्रो काम प्रभावित भइरहेको छ’ उनले भने ।

आयोजनाको निर्माण सम्पन्न गरेर गत असारदेखि नै विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, कोरोना महामारीको असरका कारण निर्माणले गति लिन नसक्दा उत्पादन तालिका धकेलिएको छ ।

अब आयोजनाबाट आगामी पुसदेखि विद्युत उत्पादन सुरु हुने गुरुङले बताए । आयोजनाको विद्युत प्रवाह हुने २२० केभी कोसी कोरिडोर प्रसारण लाइन तयार भइनसकेकाले पनि आयोजनाको काममा हतार नगरेको उनले बताए ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोरको तुम्लिङटार–इनरुवा खण्डको बानेश्वर सबस्टेसनमा जोडिनेछ । आयोजनाको विद्युतगृहबाट सबस्टेसनसम्म आवश्यक ३ किलोमिटर प्रसारण लाइन आयोजनाको प्रवर्द्धक मायाखोला हाइड्रो पावर कम्पनीले नै निर्माण गरिरहेको छ ।

यो आयोजना सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । माया खोला ‘सुपर सिक्स’ अन्तर्गत प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिइएको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit