विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ स्थित ३५० घरधुरी रहेको नारायणी पारि सुस्तामा विद्युत् प्रसारण लाइन विस्तार हुने भएको छ । १ हजार ५७१ मिटर लामो झोलुंगे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।

संघीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको ४ करोड ८० लाख रुपैयाँ लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो तर पटक–पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो । अहिले नारायणी नदीमा झोलुंगे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताए ।

सोलार प्रणालीको जडानसँगै शुरू भएको उज्यालो अभियान विद्युतीकरणसहित पूरा हुने भएको हो । झोलुंगे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पुर्‍याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए । झाका अनुसार हालसम्म ६०० मिटर तार तानिएको छ भने यस्तो प्रकृतिको विद्युतीकरणको काम चुनौतीपूर्ण रहेकाे छ ।

वारि सुस्ता र पारि सुस्ता दुवैतर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुंगे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एम डि राजा निर्माण सेवाले जनाएको छ । सो कार्यका लागि १ करोड ३० लाख रूपैयाँ लागत लाग्नेछ । सो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने झाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३