विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडको ७ प्रतिशत बोनस सेयर र नगद लाभांस पारित भएको छ । कम्पनीको बिहीबार (चैत २३ गते) सम्पन्न भएको ९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७८/७९ को नाफाबाट सेयरधनीहरूका लागि वितरण गर्न प्रस्ताव गरिएको प्रतिफल पारित गरेकाे हो ।

चुक्ता पूँजी साढे १ अर्ब रुपैयाँको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांस वितरण गर्न साधारणसभाबाट स्वीकृति भएको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले बताए । उनका अनुसार अब छिट्टै सेयरधनीहरूलाई नगद लाभांस र बोनस सेयर वितरण गरिनेछ ।

सभामा उपस्थित सेयरधनीहरू बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांस वितरण गरेकोमा आभार प्रकट गर्दै अर्को वर्ष कम्तिमा पनि १० प्रतिशत प्रतिफत वितरण गर्न आग्रह गरे ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आव को वित्तिय विवरणहरू, लेखापरीक्षण समितिको सिफारिस अनुसार आव २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, तथा सञ्चालक समितिको सिफारिसअनुसार एकजना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने लगायतका सबै प्रस्तावहरू पारित गरेको छ ।

कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैंठकले यो लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit