काठमाडौं । हिम इलोक्ट्रोनिक्स प्रा.लि र डोको रिसाइक्लर्सबीच सम्झौता भएको छ । विद्युतीय फोहोर व्यवस्थापन गर्न गत विहीबार(चैत १७ गते) सम्भौता भएको हो ।
इलोक्ट्रोनिक्स कम्पनीले उत्पादन गरेको पुराना विद्युतीय फोहोर व्यवस्थापनका लागि डोको रिसायकलर्ससँग सम्झौता गरेको हो । सम्झौतामा गोल्छा ग्रुपका उपाध्यक्ष प्रभाकार एस थापा र डोको रिसाइक्लर्सका तर्फबाट नितेश श्रेष्ठले हस्ताक्षर गरे ।
यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनविलिटीमा विश्वास गर्छन् । सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ ।