विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका सेयरधनीबाट हकप्रद सेयरबापतको ७८ प्रतिशत रकम संकलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई एक कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर एक सय अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि (नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । 

संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रूपैयाँ चुक्ता गरेका हुन्। कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये सर्वसाधारणबाट ५अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ। कम्पनीका अनुसार हालसम्म सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड रूपैयाँ अर्थात् ५५ प्रतिशत रकम संकलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताए।

‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइसकेको छ, सेयर भर्ने स्थानमा व्यापक भिडभाड देखिएको छ,’ गौतमले भने, ‘बाँकी ६ दिनमा अपेक्षाकृतरुपमै रकम संकलन हुने देखिएको छ।’ हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ ।

१० अर्ब ५९ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको छ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको दुईरदुई प्रतिशत संस्थापक सेयर छ । सेयर स्वामित्वअनुसार प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख र २१ करोड १८ लाख रूपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७ दशमलव २८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको दुई दशमलव ८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको आठ दशमलव ८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रूपैयाँ चुक्ता हुनुपर्ने छ । 

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीले ३० करोड ४९ लाख ९२ हजार रूपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रूपैयाँ पुग्ने छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit