काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–इन’ अवधि १ महिनापछि समाप्त हुने भएको छ । कम्पनीले २०७८ असोज २२ गते बाँडफाँट गरी कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीलाई सुरक्षित गरिएको शेयरको ३ वर्षे लक–इन अवधि आगामी असोज २२ गते समाप्त हुन लागेको हो ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार सूचीकृत कम्पनीले शेयरको लक–इन अवधि सकिनु १ महिना अगावै सर्वसाधारणलाई जानकारी गराउनुपर्छ । उक्त मितिमा लक–इन अवधि सकिने शेयर सङ्ख्या मध्ये कम्पनीका संस्थापकहरूको २८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ४ लाख र कर्मचारीहरूको १६ हजार कित्ता रहेको छ ।