विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगातारको झरीका कारण क्षतिग्रस्त नेपाल विद्युत प्राधिकरणको परासी सबस्टेसनमा सञ्चालनमा आएको छ । प्राधिकरण परासी वितरण केन्द्रले सबस्टेसन मर्मत गरी शनिबार बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याएको हो । 

गत १० गते राती जराही खोलाको बाँध भत्किँदा परासी बजारसँगै डुबानमा परेको सबस्टेसन मर्मत गरेर सेवा सुरु गरेको केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए । उनका अनुसार गत १३ गतेदेखि मर्मत सुरु गरेर शनिबार सम्पन्न गरी सञ्चालन गरिएको छ ।

सबस्टेसन नै डुबेपछि वितरण केन्द्र अन्तर्गत हुने विद्युत आपूर्ति बन्द गरिएको थियो । सबस्टेसनमा ठुलो क्षति पुगेपछि गण्डक पावर हाउस सबस्टेसन, बर्दघाट सबस्टेसन र सुनवल बजार क्षेत्रको फिडरबाट परासीका ग्राहकलाई विद्युत वितरण गरिएको थियो । यो वितरण केन्द्र अन्र्तगत प्राधिकरणका ४४ हजार बढी ग्राहक छन् ।

वितरण केन्द्र अन्तर्गत सबस्टेसनसँगै बाढी पहिरोले २० वटा बढी विद्युती पोल क्षति पुर्याएको थियो । बाढीले ५ वटा वितरण ट्रान्सफर्मरमा समेत क्षति पुर्याएको थियो । साथै, कार्यालय पनि ढुवानमा परेको थियो ।

वितरण केन्द्रको कार्यलयका ४ वटा सवारी साधन पनि डुबानमा परेकाले सञ्चालन गर्न सकिएको छैन । कार्यालयको कम्प्युटर, रसीद, आवेदन फारम, ग्राहक बिल, रुटीनबिललगायत पुरै डुबेको वितरण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit