विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ पुस १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

रसुवा । डिभिजन सिँचाइ कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा जिल्लाको ८१ हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध गराएको छ । हालसम्म निर्माण गरिएका योजनाबाट जिल्लाभर १ हजार ४०० भन्दा बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको प्राविधिक सिँचाइ कार्यालयका प्रमुख गोविन्दप्रसाद भूर्तेलले जानकारी दिए ।

बाँझो रहेका खेतीयोग्य जमिनमा सिँचाइ सेवा उपलब्ध गराइ कृषि उत्पादन बढाउने संघ तथा प्रदेश सरकारको नीति अनुरूप विभिन्न सिँचाइ योजना निर्माण गरिएका हुन् ।

विसं २०७२को भूकम्पले क्षति पुर्‍याएका योजनालाई मर्मतसम्भार गर्नुका साथै नयाँ योजनालाई नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वयन गरिएको प्रमुख भुर्तेलले बताए । गत आर्थिक वर्षमा सिँचाइ योजनामा १३ करोड ९० लाख रूपैयाँ खर्च भएको उनले बताए । निर्माण गरिएका सिँचाइ योजनाबाट १ हजारभन्दा बढी किसानले सुविधा पाएका छन् ।

यस्तै जिल्लामा २४ स्थानमा नदी नियन्त्रण तथा रोकथाम गर्न तटबन्ध निर्माण गरिएको छ । सिँचाइ कार्यालयले उत्तरी रसुवाको कोमिन श्यामेवाङ्फेल माविमा सोलारसमेत जडान गरेको छ । बिजुली नभएको समयमा सोलार बत्ती प्रयोग गरेर पठनपाठन गर्न सकियोस भनेर सोलार बत्ती जडान गरिएको हो ।

कालिका गाउँपालिका–५ मा थोपा सिँचाइ योजनाबाट स्थानीय ५८ परिवार लाभान्वित भएका प्रमुख भुर्तेलले बताए । खेर गएको पानी संकलन गरी ट्यांकीमा जम्मा गरेर ६० रोपनीभन्दा बढी जग्गामा सिँचाइ गरिएको भदौरे नमूना सिँचाइ व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष तारा पौडेलले जानकारी दिए । भदौरे थोपा सिँचाइ योजना देशकै नमूना भएको उनको भनाइ छ ।

यसैगरी धोबीखोलादेखि पाइप सिँचाइ योजनाबाट धैबुङकोट, ढकाल डाडा, कटुञ्जेसमेतका क्षेत्रमा सिँचाइ सेवा पुर्‍याइएको छ । त्यसबाट सयौँ परिवार लाभान्वित भएका स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३