विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा ब्रिटिश लगानी भित्र्याउने मुख्य उद्देशयसहित बेलायमा लगानी सम्मेलन आयोजना गरिएकाे छ ।  

२१ डिसेम्बर १९२३ मा नेपाल र संयुक्त अधिराज्यबीच भएको मैत्री सन्धीको १०० वर्ष पूरा भएको अवसर समेत पारेर अक्टोबर ३१ (कात्तिक १४ गते मंगलबार) लगानी सम्मेलन आयोजना गरिएकाे नेपाली राजदूताबास बेलायतले जनाएको छ ।

विशेष गरी बेलायतबाट नेपालमा जलविद्युत्, हरित पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा तथा पर्यटनलगायतका क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले बेलायतको परराष्ट्र मन्त्रालय तथा ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट समेतको सहयोगमा लगानी सम्मेलनको आयोजना गरिएकाे हाे ।  

सिटी अफ लण्डनको मेनसिन हाउसमा हुने लगानी सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का तर्फबाट अध्यक्ष गणेश कार्की, उपाध्यक्ष उत्तम भ्लोन र सल्लाहकार बटु लामिछाने सहभागी हुने भएका छन् ।

नेपाली दूतावासको निमन्त्रणामा बेलायत पुगेको इप्पान प्रतिनिधि मण्डलले नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानीको सम्भावना र व्यवसायिक वातावरणका विषयमा प्रस्तुतीकरण दिने कार्यक्रम छ ।

उक्त सम्मेलनमा बेलायतको निजी क्षेत्रका लगानीकर्ताहरू, सम्बन्धित सरकारी निकायहरू एवं संस्थागत वित्तीय श्रोतहरू उपलब्ध गराउने संस्थाहरूलाई समेत निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit