काठमाडौं । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सम्झौता भएको छ । बन्दीपुर र बैंकबीच बुधबार (असोज १७ गते) सम्झौता भएको हो ।
सम्झौतापत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजमका तर्फबाट सञ्चालक शिवप्रसाद शर्मा र मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरे ।
सम्झौतासँगै अब केबलकार एण्ड टुरिजमको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य नेपाल एसबिआईमार्फत हुने छ ।