विद्युत अपडेट

  • प्राधिकरण : १०१९५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८०७१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २१२११ मे.वा.घन्टा
  • आयात : ४१५१ मे.वा.घन्टा
  • निर्यात : २१६७ मे.वा.घन्टा
  • ट्रिपिङ : २९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६५७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३०६ मे.वा.
२०८२ जेठ २३, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटडको साढे १० करोड कित्ता हकप्रद सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूलाई १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पूँजी १० अर्ब ५९ करोड रूपैयाँ बराबरको  १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । सेयरधनी सदस्यले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले माथिल्लो तामाकोसी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ।

हकप्रद सेयर निष्कासनपश्चात संकलन भएको पूँजी र माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट भएको आम्दानी २० मेगावाटको रोल्वालिङ, ९९ मेगावाटको माथिल्लो तामाकोसी–५ र अन्य आयोजनामा लगानी गरिने कम्पनीले जनाएको  छ ।

हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड २०० रुपैयाँ हुनेछ । कम्पनीको दोलखामा ४५६ मेगावाटमो माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालनमा छ ।

बैंकको ब्याजबाहेक ३५ अर्ब २९ करोड रुपैयाँमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको आयोजना ८८ अर्ब रुपैयाँमा टुंगो लागेको कम्पनीले जानकारी दिएको छ । यसको आधारमा माथिल्लो तामाकोसी प्रतिमेगावाट १९ करोड ३० लाख रुपैयाँमा सम्पन्न भएको छ । कम्पनीका अनुसार कूल लागतमध्ये ५२ अर्ब रुपैयाँ खूद लागत तथा बाँकी बैंकको ब्याज, विदेशी मुद्रामा आएको वृद्धि लगायत खर्च निस्केको छ ।

कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोषको २ प्रतिशत र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत लगानीका संस्थापक रहेका छन् । यस्तै, सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लाबासीको १० प्रतिशत तथा २४ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३