विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ १९, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीको विपत्पछि बङ्गलादेशमा विद्युत् निर्यात बन्द भएको छ । भदौ १० गते आएको बाढीले २४ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्र ध्वस्त भएपछि निर्यात रोकिएको हो ।

अन्य केन्द्रको बिजुली बङ्गलादेशमा निर्यात गर्ने अनुमति तथा सम्झौता नरहेकोले विद्युत् निर्यात बन्द गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकाले बताए । यद्यपि, अन्य उत्पादन केन्द्रबाट सोही परिमाणको बिजुली बङ्गलादेश पठाउन बङ्गलादेश तथा भारतका सम्बन्धित निकायमा प्रस्ताव पठाइएको उनले जानकारी दिए । विपत्‌पछि प्राधिकरण हाल पीडितहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाकाको कार्यमा केन्द्रित रहेको बताउँदै उनले उक्त प्रस्तावपछिको प्रगतिबारे भने खुलाएनन् ।

२०८१ असोज १७ गते नेपाल विद्युत्‌ प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटिपिसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच यी २ आयोजनाबाट ४० मेगावाट बिजुली विद्युत् बङ्गलादेश निर्यात गर्ने सम्झौता भएको थियो । त्यसपछि त्रिशूलीबाट १८.६० मेगावाट र चिलिमेबाट २१.४० गरी कुल ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै आएको थियो ।

सम्झौता अनसार प्राधिकरणले ५ वर्षका लागि हरेक वर्ष वर्षायामका ६ महिना (१५ जुन–१५ नोभेम्बरसम्म) विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । उक्त बिजुलीको बिक्री दर प्रतियुनिट ६.४० अमेरिकी सेन्टका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३