विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लामा ८४.५९५ मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण हुने भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनसम्म लाइन निर्माण गर्न लागेको हो ।

अध्ययन पूरा भएको लाइनको निर्माण अनुमतिका लागि आवेदन परेको विद्युत विकास विभागले जनाएको छ । विभागका अनुसार निर्माण अनुमतित्र दिन ३५ दिने सूचना जारी गरिएको छ । अनुमतिपत्र दिनु अघि प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सम्बन्धित सरोकारवालासँग राय/सुझाव माग गरेको छ ।

३.६८७ किलोमिटर लामो लाइनमा १७ वटा निर्माण हुनेछ । जमिनको सतहबाट टावरको उचाइ ३५.५ मिटर तथा टावरहरूको दुरी ३८४.९३ मिटर तथा अधिकतम ३८५.०७ मिटर हुनेछ । लाइनको काम २०८० साउनभित्र पूरा गरिने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

सेती नदी आयोजनाको काम ६० प्रतिशत बढी पूरा भएको छ । यो आयोजनाको सबै काम पूरा गरेर २०८० भदौभित्र पूरा गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit