विद्युत अपडेट

  • प्राधिकरण : ९९५२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३१८२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५६३९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२४३ मे.वा.
२०८३ साउन २०, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण लाइन पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको टेकुस्थित बन्द अवस्थामा रहेको ‘फोहोरबाट ऊर्जा’ (वेस्ट टु इनर्जी) आयोजना पुन: सञ्चालनमा ल्याइने भएको छ । आयोजनाको पुनर्स्थापना तथा दिगो सञ्चालनका लागि काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) बीच समझदारी भएको हो ।

समझदारीअनुसार आगामी २ महिनाभित्रै आयोजना पुनः सञ्चालनमा ल्याइने भएको छ । समझदारीपत्रमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् ।

युरोपियन युनियनको करिब १ करोड ८० लाख रुपैयाँ सहयोगमा निर्मित यो आयोजना केही समय सञ्चालन भएर बन्द भएको थियो । अब यसको पुनर्स्थापना र दिगो सञ्चालनका लागि विश्व बैंकको सहयोगमा केन्द्रद्वारा सञ्चालित ‘मिनी ग्रिड ऊर्जा पहुँच कार्यक्रम’ मार्फत वित्तीय स्रोत व्यवस्थापन गरिने केन्द्रले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले पदबहाली गरेदेखि नै उक्त बन्द आयोजनालाई नमुनाका रूपमा पुनः सञ्चालन ल्याउन चासो देखाउँदै निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठले हालै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलसँग भेट गरी फोहोरबाट ऊर्जा उत्पादन तथा सडक बत्तीको व्यवस्थित सञ्चालन र मर्मतबारे छलफल समेत गरेका थिए । त्यसैगरी, केन्द्रकी बोर्ड सदस्य अंकिता शाहले पनि आयोजना पुनः सञ्चालनका लागि निरन्तर समन्वय गर्दै आएकी थिइन् ।

हस्ताक्षर समारोहमा कार्यवाहक प्रमुख डङ्गोलले तोकिएको समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरिन् । आगामी दिनमा पनि यस्ता वातावरणीय तथा ऊर्जा सम्बन्धी आयोजनामा केन्द्रसँग सहकार्य गर्न महानगर इच्छुक रहेको उनले बताइन् ।

केन्द्रका कार्यकारी निर्देशक ढकालले आयोजनाको पुनर्निर्माण, सञ्चालन र हस्तान्तरणको जिम्मेवारी स्पष्ट पारिएको जानकारी दिए । काठमाडौँ उपत्यकाको कुहिने फोहोर व्यवस्थापन, जैविक मल उत्पादन र चक्रीय अर्थतन्त्र प्रवर्द्धनमा यो परियोजना कोशेढुङ्गा साबित हुने उनले बताए । 

केन्द्रले सन् २०१४ देखि विश्व बैंकको सहयोगमा ७ वटा पालिकामा फोहोरबाट ऊर्जा र २० भन्दा बढी ठूला क्षमताका व्यावसायिक बायोग्यास आयोजना कार्यान्वयन गरिसकेको छ । साथै, हरित जलवायु कोषमा पेस गर्न ४ करोड ८० लाख अमेरिकी डलरको आयोजना प्रस्ताव अर्थ मन्त्रालयमा स्वीकृतिको प्रक्रियामा पुर्‍याएको छ । त्यस्तै, पेरिस सम्झौताको दफा ६.२ अन्तर्गत कार्बन व्यापार आयोजनाको विकास समेत अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३