विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख २१, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्याङ्जाको वालिङ र भीरकोट नगरपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । पालिकाका झन्डै २ हजार ५ सय घरधुरीमा विद्युत् अवरुद्ध भएको हो । बुटवल पावर कम्पनीले ११ केभी लाइनमार्फत वितरण गरेको विद्युत् सेवा अवरुद्ध हुँदा त्यस क्षेत्रका स्थानीयले मोबाइल फोन चार्ज गर्न समेत समस्या भोग्नुपरेको स्थानीयबासीकाे गुनासाे छ ।

शनिबार राती परेको चट्याङका कारण सबस्टेसनमा रहेको उक्त ट्रान्सफर्मरमा ठूलाे खराबी आउँदा उक्त क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको बुटवल पावर कम्पनीका गल्याङ शाखाका प्रमुख डोलप्रसाद खरेलले जानकारी दिएका छन् । झन्डै १२ टन तौल रहेको उक्त ट्रान्सफर्मर पोखराबाट ठूलो क्रेन मगाएर गाडीमा लोड गरी बुटवल लगेर हाल नेपाल हाइड्रो एन्ड इलेक्ट्रोनिक लिमिटेडकाे वर्कशपमा मर्मत भइरहेको उनको भनाइ छ ।

ट्रान्सफर्मर मर्मतका लागि झन्डै २ देखि ३ साता लाग्नसक्ने देखिएकाले नेपाल विद्युत् प्राधिकरणको क्षेत्रीय कार्यालयसँग समन्वय गरेर अर्को ट्रान्सफर्मर जडान गर्ने विषयमा पनि कुरा चलिरहेको उनले बताए । ‘यस्ता ट्रान्सफर्मर जगेडा राख्ने चलन प्राकिरणसँग पनि छैन, किनभने यो छिटो बिग्रिने वा समस्या आइरहने ट्रान्सफर्मर होइन,’ उनले भने, ‘सकसम्म छिटो सेवा सुचारु गर्न हामी सक्रियताका साथ लागि परेका छौँ ।

कक्षा १२ को परीक्षा समेत चलिरहेको परीक्षा समेत चलिरहेको तथा सेवाग्राहीको धेरै काममा अवरोध आएकोले छिटो सेवा सुचारु गर्नुपर्ने दायित्वबाेधका साथ आफूहरू लागि परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३