विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहेर आफूले उत्कृष्ट कार्यसम्पादन गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । सरकारले आफूलाई हतोत्साहित गरेको र जति गरे पनि आफूले राम्रै कार्यसम्पादन गरेको उनको दाबी थियो । 

‘उत्कृष्ट काम गरेबापत सरकारले पुरस्कृत गरी प्राधिकरणकरणबाट पदाबधि सकिएपछि बिदा गर्नुपर्ने थियो,’ उनले भने, ‘यद्यपि, मलाई बर्खास्त गर्‍यो ।’ 

उनले लोडसेडिङ अन्त्य गरेको, प्राधिकरणलाई नाफामा लगेको, प्रसारणसहितका पूर्वाधारको व्यापक विस्तार गरेको, विद्युत्को पहुँच ९८ प्रतिशत नागरिकमा पुर्‍याउने काम आफूले आफ्नै कार्यकालमा गरेको भन्दै त्यसको श्रेय लिए । ‘म आउँदा लोडसेडिङ १८ घण्टा थियो, प्राधिकरण घाटामा थियो,’ उनले भने, ‘अहिले त्यो अवस्थाको अन्त्य भएको छ ।’

कार्यक्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफूलाई माओवादीसँग जोड्ने गरे पनि आफू कुनै पार्टी विशेषको नभई एक विशुद्ध राष्ट्र सेवक कर्मचारी भएर काम गरेको उनले बताए । ‘मैले सबै पार्टीका प्रधानमन्त्री तथा मन्त्रीसँग काम गरेको छु,’ उनले भने, ‘सबैसँग राम्रो सम्बन्ध राखेर काम गरेको थिएँ ।’

घिसिङले आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्ने सरकारका नेतृत्वकर्ता, कर्मचारी वर्ग, प्राधिकरणका सम्पूर्ण कर्मचारी, निजी क्षेत्रका उद्यमी व्यवसायी, विकास साझेदार तथा दातृ निकायलगायत सबैप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३