विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको करिब साढे ५४ लाख साधारण सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीको आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्न आइतबार (पुस १७ गते) अनुमति दिएको बोर्डले जनाएको छ । बोर्डका अनुसार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ५४ करोड ८८ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्नेछ ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको इलाममा ९.६ मेगावाटको सुपर माइ खोला जलविद्युत आयोजना सञ्चालनमा छ । केन्द्रले २०७७ जेठ २३ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३