विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नवलपरासीको बोझापोखरीको सबस्टेसन निर्माण सुरु भएको ७ वर्षमा पूरा भएको छ । नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटारसहित हुप्सेकोट क्षेत्रमा विद्युतीकरण गर्ने गरी २०७३ सालदेखि निर्माण सुरु भएको सबस्टेसनको काम सम्पन्न भएको हो ।

निर्माण सुरु गर्ने बेला तीन वर्षभित्र सम्पन्न गर्ने भनिएपनि विविध कारणले गर्दा थप ४ वर्ष लागेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलो सम्झौताअनुसार २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विविध कारणले पटकपटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चार वर्षपछि सम्पन्न भएको हो ।

ठेकेदारले काम नगर्दा लामो समयदेखि अलपत्र सबस्टेसनकाे काम सकिएसँगै जुल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । तनहुँतर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतीकरण गरिएको छ । कतिपय स्थानमा लघु जलविद्यतबाट विद्युतीकरण गरिएको भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन ।

अहिले सबस्टेसनको चार्ज गर्ने काम भइरहेको प्राधिकरणले जनाएको छ । पुस १४ गतेदेखि नवलपुरको प्रगतिनगरबाट बिजुली प्रवाह गरी लाइन चार्ज गर्ने र सबस्टेसन चार्ज गर्ने काम सुरु भएको छ । यसलगत्तै ११ हजार केभीको लाइन चार्ज गरी स्थानीयस्तरमा वितरणको काम सुरु हुनेछ ।

आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ केभीको लाइनसमेत वितरण हुनेछ । त्यसका लागि पोल गाड्ने र तार टाँग्ने काम सकिएको छ ।

बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरी बत्ती बाल्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । सबस्टेसन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit