विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले साउन ४ गतेदेखि १० लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले पाहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो । 

जारी पूँजीको २५ प्रतिशत अर्थात २५ करोड रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित २५ लाख कित्ता साधारण सेयरमध्ये ५ लाख ७१ हजार ४ सय ३० कित्ता सेयर आयोजनाबाट अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर १ (साबिक हाकु गाविस वडा नम्बर ८ र ९ तथा डाँडागाउँ गाविस वडा नम्बर ७, ८, ९) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई, २ लाख ८५ हजार ७ सय २० कित्ता सेयर आयोजनाबाट प्रभावित क्षेत्र उत्तरगयाँ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ (साबिक डाँडागाउँ गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ठुलोगाउँ गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, लहरेपौवा गविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९) र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर ५ (साबिक मनाकामना गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९) मा बसेका बासिन्दाहरुका लागि  र रसुवा जिल्लामा बसोबास गर्ने अन्य बासिन्दाका १ लाख ४२ हजार ८ सय ५० कित्ता  सहित जम्मा १० लाख कित्ता सेयर निष्कासन गर्न लागेकाे कम्पनीले जनाएकाे छ ।  

यसैगरी, जारी पूँजीको १५ प्रतिशत अर्थात सय रुपैयाँ अंकित १५ लाख कित्ता सेयरमध्येको १० प्रतिशतश हुन आउने अर्थात १ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली नागरिका लागि निष्कासन गर्ने तयारी गरेको हो । 

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकले न्यूनत्तम १० कित्तादेखि अधित्तम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । प्रभावित स्थानीयले छिटोमा साउन गतेसम्म र ढिलोमा भदौ १ गतेसम्म आवेदन दिन सकिन्छ भने वैदेशिक रोजागारीका गएका नेपाली नागरिकाले साउन १८ गतेसम्मा आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३