विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक २, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ११ केभी वितरण लाइनबाट चितवनको देवघाटमा बिजुली पुर्‍याउन बडो कष्टका साथ त्रिशूली नदी पार गराएको छ । ११ केभी लाइनको ३ वटा तारमध्ये एउटा तार हिजो (असोज १६ गते) नदी पार गराइएको हो ।

प्राधिकरणका अनुसार चितवनको जुगेडीबाट देवघाट ५ बुद्धचोकमा बिजुली पुर्‍याउन तीनमध्ये एउटा तार तानिएको र बाँकी काम आज अगाडि बढ्नेछ । त्यस्तै, मौवा खोला नजिकै ठेउवाटारमा एउटा डोरी त्रिशुली नदी क्रस गराउन सफल भएको र तार तान्ने काम आज गरिने पनि जनाइएको छ ।

सत्र किलोबाट बगन्ती तनहुँ जाने लाइनसमेत त्रिशूली नदी तार्न बाँकी रहेको प्राधिकरण भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । यी तीन वटै स्थानको ११ केभी लाइन गत असोज १२ गते त्रिशूली नदीको बाढीले बगाउँदा केही गाउहरू बिजुली सेवा उपभोग गर्नबाट बञ्चित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३