विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सल्यानको दार्मा गाउँपालिकाका २०० घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । गाउँपालिकाको वडा नम्बर २ लिरापाज, वडा–४ सिँगारीकोट पुखाद र वडा–६ भुर्तिवाङमा बुधबार विद्युत् सेवा पुर्‍याइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको सल्यान वितरण केन्द्रले ३ थान ट्रान्सफर्मरसहित वितरण संरचना निर्माण गरी उक्त गाउँहरूमा विद्युत् सेवा पुर्‍याएको केन्द्र प्रमुख नरेशदत्त रावलले ऊर्जा खबरसँग बताए । गाउँपालिका अध्यक्ष, वडा अध्यक्षसहितका जनप्रतिनिधिहरूको सहजीकरण, स्थानीयवासीको सहयोग, निर्माण व्यवसायीको सक्रियता एवम् केन्द्रको अग्रसरतामा उक्त स्थानमा विद्युत् पुर्‍याउन सफल भएको उनले जानकारी दिए ।

उनकाका अनुसार विद्युत् सेवा पुगेपछि सौर्य बत्तीको मधुरो उज्यालोमा बस्न बाध्य त्यस क्षेत्रका स्थानीयले अब राष्ट्रिय प्रसारणको गुणस्तरीय विद्युत् पाउने भएपछि खुसी भएका छन् ।  विस्तारित क्षेत्रका घरहरूमा बत्ती बाल्न मिटर वितरण सुरु भइसकेको छ ।

पर्याप्त वितरण संरचनाको अभावमा उक्त क्षेत्रका सबै घरधुरीमा अझै पनि विद्युत् पुर्‍याउन नसकिएको र त्यसका लागि प्रयास जारी रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३