विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । प्रभावित स्थानीयले माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडकाे सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले साउन ४ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

जारी पूँजीको २५ प्रतिशत अर्थात २५ करोड रुपैयाँ रकम बराबरको सय रुपैयाँ अंकित २५ लाख कित्ता साधारण सेयरमध्ये ५ लाख ७१ हजार ४ सय ३० कित्ता सेयर आयोजनाबाट अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर १ (साबिक हाकु गाविस वडा नम्बर ८ र ९ तथा डाँडागाउँ गाविस वडा नम्बर ७, ८, ९) मा बसोबास गर्ने स्थानीय बासिन्दाहरुलाई, २ लाख ८५ हजार ७ सय २० कित्ता सेयर आयोजनाबाट प्रभावित क्षेत्र उत्तरगयाँ गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ (साबिक डाँडागाउँ गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ठुलोगाउँ गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, लहरेपौवा गविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ९) र नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर  ५ (साबिक मनाकामना गाविस वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र ९) मा बसेका बासिन्दाहरुका  लागि  र रसुवा जिल्लामा बसोबास गर्ने अन्य बासिन्दाका १ लाख ४२ हजार ८ सय ५० कित्ता  सहित जम्मा १० लाख कित्ता सेयर निष्कासन गरेकोे कम्पनीले जनाएको छ ।  

प्रभावित स्थानीयले न्यूनत्तम १० कित्तादेखि अधित्तम १० लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

कम्पनीको रसुवामा निर्माणाधीन १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनको काम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit