विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्यले तीव्रता पाएको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ ।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म ४ लाख २४ हजार १२० घनमिटर कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ । आयोजना २०८१ साल चैत ७ गतेबाट निर्माण चरणमा प्रवेश गरेको थियो ।

१४० मिटर उचाइको मुख्य बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि बन्ने अपेक्षा गरिएको छ ।

प्याकेज–१ अन्तर्गत बाँध तथा अन्य संरचनाको निर्माण कार्य सोङ्दा कालिका जेभीले गरिरहेको छ। यस प्याकेजअन्तर्गत समग्र प्रगति ५९ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङसहितका सहायक संरचनाहरूको निर्माण भने सम्पन्न भइसकेको छ ।

बाँध निर्माणलाई सहज बनाउन सेती नदीको पथान्तरण गरिसकिएको छ। साथै बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा निर्माण गरिएका अस्थायी बाँधको काम पनि पूरा भएको आयोजनाले जनाएको छ ।

निर्माण कार्य निर्धारित समयमै अघि बढेकाले आयोजनाले आगामी वर्षहरूमा उत्पादन लक्ष्य हासिल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३