विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रिभर फल्स कम्पनी लिमिटेडले करिब २७ लाख कित्ता साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले संखुवासभामा निर्माणाधीन १० मेगावाटको डाउन पिलुवा खाेला जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएका सेयर निष्कासन गर्न लागेको हो ।

सय रुपैयाँमा अंकित २७ करोड  ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधरण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासन हुने सेयर मध्ये ५४ लाख ६० हजार कित्ता अर्थात २ प्रतिशत सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । १ लाख ३६ हजार ५ सय  किता अर्थात ५ प्रतिशत सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएकाे छ । बाँकी, २५ करोड ३८ लाख ९० हजार रूपैयाँ बराबरकाे २५ लाख ३८ हजार ९ सय कित्ता सर्वसाधरणको लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सर्वसाधरणले छिटोमा जेठ ४ गतेसम्म र ढिलोमा जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख  कित्तासम्मका लागि आवेदन  दिन पाउनेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई ब्रिकी प्रबन्धक तोकेको छ । कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २०७० फागुनदेखि उत्पादन अनुमति लिई अघि बढेको आयोजना २०७९ साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । 

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजना सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेसमेन्ट बैंक र प्रभु बैंकको ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३