विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काडमाडौं । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा निर्माण हुने ८.८३६ मेगावाटको दूधपोखरी चेपे जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बैंकले १ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

प्रवर्द्धक दूधपोखरी चेपे हाइड्रो पावर कम्पनी र बैंकबीच बिहीबार (माघ १९ गते) लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा कम्पनीका अध्यक्ष सविन प्रधानाङ्ग र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार यो १ अर्ब १९ करोड रुपैयाँ कुल लागतको ७० प्रतिशत हो । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी रहने कम्पनीले जनाएको छ ।

आयोजनामा १७५५ मिटर लामो हेडरेस सुरुङ र ३११९ मिटर लामो पेनस्टक निर्माण हुनेछ । यो आयोजना पूरा भएपछि वार्षिक ५६.१९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । हिउँमा १९.२८ गिगावाट घन्टा र बर्खामा ३६.९१ गिगावाट घन्टा विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजनाबाट उत्पादन भएको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत २८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको लमजुङमा रहेको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । आयोजना निर्माण सुरु भएको साढे २ वर्षमा सम्पन्न हुनेछ ।

कम्पनीले आयोजनाको अध्ययन पूरा गरी २०७७ माघ १९ गते नै विद्युत विकास विभागबाट आवेदन पाएको हो । आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit