काठमाडौं । नबिल बैंकलाई डेबिट कार्ड र इ–कमर्स प्राप्तिमा उत्कृष्ट वृद्धि र उपलब्धिहरू बापत दुई अवार्ड प्रदान गरिएको छ । बैंकले नेपालका सबै बैंकहरूका बीचमा डेबिट कार्ड र इ–कमर्स प्राप्ति व्यवसायमा उत्कृष्ट वृद्धि र उपलब्धिहरू बापत ‘एक्सलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स इन इ–कमर्स एक्वाइरिङ बिजनेस २०२२’ अवार्ड प्रदान गरिएको हो ।
भिसा इन्टरनेशनलले भदौ १५ गते काठमाडौंमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसन फर डिजिटल नेपाल’ कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको हो ।
नबिल टोलीका सबै सदस्यहरूलाई उनीहरूको समर्पण प्रति कृतज्ञता व्यक्त गर्दै नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्नको लागि प्रयास गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए ।
‘मूल्यवान ग्राहकहरूका लागि डिजिटल समाधानहरू प्रवद्र्धन गर्न सधै ध्यान केन्द्रित गर्नेछौ’ उनले थपे ।