विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइनकाे औपचारिक उद्घाटन शनिबार हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यबाट प्रसारण लाइन सञ्चालनकाे उद्घाटन गर्न लागेका हुन् ।

शनिबार बिहान ११ बजे प्रसारण लाइन उद्घाटन गर्ने समय तय भएकाे आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । नेपाल विद्युत प्राधिकरणले निर्माण सुरु भएकाे ५ वर्षमा सम्पन्न गरेकाे २६ किलाेमिटर लामाे याे प्रसारण लाइन गत असार १० गते नै सञ्चालनमा आइसकेकाे छ ।

समुन्द्रटारदेखि त्रिशूली ३ ‘बी’ हब सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन र समुन्द्रटार सबस्टेसनमा लोड दिएर चार्ज गरिएको छ । प्राधिकरणले लक्ष्यभन्दा १ वर्ष ढिला गरी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे हाे । सबस्टेसन ४ महिना अघि नै तयार भए पनि प्रसारण लाइनकाे निर्माण पूरा भएपछि  मात्रै सञ्चालनमा ल्याइएको हो ।

काेराेना (काेभिड–१९) महामारीकाे पहिलाे र दाेस्राे लहरकाे प्रभाव प्रसारण लाइन निर्माणमा परेकाले लक्ष्यभन्दा ढिलाे गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएकाे प्राधिकरणले जनाएकाे छ । काेराेनाकाे दाेस्राे लहरमा कामदार तथा कर्मचारी नै संक्रमित हुँदा समेत निर्माण नराेकी सम्पन्न गरिएकाले सञ्चालनमा ल्याउन सकिएकाे हाे ।

प्रसारण लाइन सञ्चालनमा आएपछि २७० मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार भएको छ । यो प्रसारण लाइनमा जोडिने गरी निजी लगानीमा अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

यो प्रसारण लाइन २०७७ बैशाखदेखि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । यसबीचमा कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको लकडाउनले लामो समय निर्माण रोकिँदा १ वर्ष धकेलिन पुगेको प्राधिकरणले जनाएको छ ।

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

प्राधिकरणले त्रिशूली, रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरको हो । चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरेको हो । प्रसारण लाइन पूरा गर्न १ अर्ब ५१ करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३