विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माई खोला हाइड्रो पावर लिमिटेडले सेयर बाँडफाँड भएको छ । कम्पनीले बैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको सेयर आज (मंगलबार) बाँडफाँड भएको हो ।

कम्पनीको सेयर १ लाख २६ हजार ९ सय ४१ जनाले १०/१० कित्ताका दरले पाएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार २ सय ६६ जनाले १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन दिएका थिए । त्यसमध्ये ९५ हजार ९८१ जनाको आवेदन रद्ध भएका जनाइएको छ ।

कम्पनीको सेयरका लागि १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीको सेयरका लागि माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले वितरण भएको छ ।

योग्य आवेदकमध्येबाट १ लाख २६ हजार ९ सय ४१ जनाले १०/१० कित्ता र त्यसमध्येबाट एक जना भाग्यमानीले थप एक कित्ता गरी ११ कित्ता सेयर पाएको प्रभु क्यापिटलले जनाएको छ । कम्पनीको इलाममा ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit