विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । सुरुको डिजाइनअनुसार एक्सपान्सन ज्वाइन्ट पाइप नबन्दा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको डिजाइनमा परिवर्तन गरिएको छ । भारतीय कम्पनीले डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन गर्न नसकेपछि अन्तिम सयममा आएर आयोजनाको डिजाइमा परिवर्तन गरिएको हो ।

डिजाएनअनुसारकै एक्सपान्सन ज्वाइन्ट पाइपका लागि पर्खिँदा काममा ढिलाइ भएकाले परिवर्तनको विकल्पमा जानु परेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । उनका अनुसार अब मुख्य सुरुङबाट तीव्र बेगमा आउने पानीलाई टर्बाइनमा खसाल्नुअघिको उच्च गति व्यवस्थापन गर्न एक्सपान्सन ज्वाइन्ट पाइपको विकल्पमा  वेल्डिङ गरिने भएको छ । 

‘आयोजनामा एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने गरी २ वटा एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने डिजाइन थियो । फिक्सको मात्रै डिजाइन परिवर्तन गरिएको हो,’ उनले भने, ‘झिक्न मिल्नेमा एक्सपान्सन ज्वाइन्ट पाइप नै राखिन्छ ।’

उनले अन्तिम समयमा आएर आयोजनाको सानो डिजाइन परिवर्तन गर्नुपरे पनि गुणस्तरमा कुनै सम्झौता नहुने बताए । अन्तर्राष्ट्रिय परामर्शदाताको सिफारिसमा डिजाइन परिवर्तन गरिएकाले भविश्यमा दुर्घटना निम्तिने सक्ने कुनै जोखिम नरहने पनि उनले बताए ।

२०६८ सालमा निर्माण सुरु भएर २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको आयोजना ९८ प्रतिशत सम्पन्न भएको छ । पेनस्टक सुरुङको पाइप जडानको जटिल काम तथा एक्सपान्सन ज्वाइन्ट पाइप आयातमा भएको ढिलाइले आयोजनाको विद्युत उत्पादन अवधि लम्बिँदै गएको छ । प्रवर्द्धक कम्पनीलाई आयाेजना चाँडाे सम्पन्न गर्नुपर्ने दवाव छ ।

आयोजना प्रमुख दिनेशजंग राणाले कसैको दवावको भरमा आयोजनाको गुणस्तरमा सम्झौता नहुने प्रष्ट पारे । उनले आयोजनाको लट–२ को ठेकेदार टेक्सम्याको एण्ड रेल्वे कम्पनी पाइप उत्पादन गर्न असफल भएपछि परामर्शदाता नरकल्सल्ट–ल्याह्मेर र पाइप उत्पादक कम्पनीसँगको छलफलपछि वेल्डिङको विकल्प रोजिएको बताए ।

‘हामी कसैको दवावको भरमा यो निर्णयमा पुगेका होइनौ । सुरुको डिजाइनअनुसारको एक्सपान्सन ज्वाइन्ट पाइप उत्पादन नभएपछि परामर्शदाताको सिफारिसमा डिजाइन परिवर्तन गरेका हौं,’ उनले भने, ‘यसमा आशंका गर्नुपर्ने कुनै कारण छैन ।’ उनले वेल्डिङ गरेर ढलान गर्ने सिफारिस परामर्शदाताबाट आएको बताए । 

नयाँ डिजाइनअनुसार अब वेल्डिङपछिको ढलान बाक्लो हुनेछ । आयोजनाले एक्सपान्सन ज्वाइन्टसँगै डिस्पान्टेबल बक्स पनि ल्याउन बाँकी छ । आयोजनाको भित्रि संरचनाको निर्माण सकिएपछि कुनै समस्या आउँदा मर्मतका लागि बक्सको सहायताले भित्र गई मर्मत गर्नुपर्छ । 

यी २ उपकरणको आयात बाहेक आयोजनाको अधिकांश काम सकिएको छ । मुख्य सुरुङमार्गमा पेनस्टक पाइप जडान भइसकेको छ । सुरुङमार्गमा ग्राउटिङ र कंक्रिटिङको काम पनि साथसाथै भइरहेको छ । 

एक्स्पान्सन ज्वाइन्ट राखिसकेपछि आयोजनाको सुरुङमार्गमा पानी भरेर सुरुङ परीक्षण गरिनेछ । सुरुङमार्गमा पानी भरिसकेपछि कतै चुहिने समस्या देखिएमा भने सबै पानी खाली गरेर त्यसलाई मर्मत गर्न थप केही समय लाग्नेछ । पानी चुहिने समस्या देखिएन र सुरुङमार्गको परीक्षण सफल भएमा भने विद्युतगृह र टर्बाइनको परीक्षण सुरु हुनेछ ।

विद्युतगृह निर्माण सकिएको छ । बाँकी काम चैतभित्र सम्पन्न गरेर बैशाखदेखि पहिलो युटिन सञ्चालन गर्ने तयारी छ । नयाँ डिजाइन अनुसारको पाइप समयमा आइपुगे फागुनसम्म जडान गरेर चैतदेखि परीक्षण उत्पादन गर्ने लक्ष्य छ । असारदेखि ६ वटै युनिट सञ्चालनमा आउनसक्ने आयोजनाले जनाएको छ ।

टर्बाइन र ट्रान्सफर्मरहरूको जडान भइसकेको २ वर्ष बितिसकेको छ । प्रसारणलाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । ६ महिनादेखि अन्तिमको मल्टी सर्किट टावार मुआब्जा र स्थानीयको विवादले निर्माण हुन सकेको छैन । फुलासीको सबस्टेस अब २ महिना भित्रै पूरा हुने निर्माण कम्पनी केईसी इन्टरनेशनल भारतीय कम्पनीका प्रतिनिधि अमित पुनियाँले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit