विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ७, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फन्ड अन्तर्गतको ग्लोबल इक्विटी फन्ड लिमिटेडले ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । यस सम्बन्धी सम्झौतामा बिहीबार फन्ड र ऊर्जा डेभलपर्सबीचसम्झौता भएको छ ।

सम्झौतापत्रमा फन्डका अध्यक्ष डा. मनिष थापा तथा ऊर्जा डेभलपर्सका प्रबन्ध निर्देशक भानु पोखरेलले हस्ताक्षर गरेका छन् । ऊर्जा डेभलपर्सको सहायक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेडले आयोजना निर्माण गरिरहेको छ ।

धवलागिरि र मालिका गाउँपालिकामा निर्माण हुने नदी प्रवाही आयोजनाबाट ३१५.०१ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् विद्युत्‌गृहबाट करिब १.५ किलोमिटर दूरीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको डाँडाखेलत सबस्टेसनमा जाेडिने छ ।

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३