विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत ६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कर्मचारी मागेको छ । रिक्त रहेको स्थानकाे पदपूर्ति गर्न केन्द्रले १ जना प्राविधिक सहायक (५ तह) मागेको हो ।

केन्द्रले रिक्त स्थानको पदपूर्ति गर्न लोकसेवा आयोगबाट २०७६ फागुन ५ गते सहमति प्राप्त गरेको थियो । कोरोना (कोभिड–१९) महामारीका कारण रोकिएको पदपूर्तिको प्रक्रिया अहिले सुरु गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रले खुल्ला प्रतियोगितात्कम लिखित परीक्षामार्फत रिक्त स्थानको पदपूर्ति गर्न आवेदन मागेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल/मेकानिकल/इलेक्ट्रिकल/ इलेक्ट्रोनिक्स/कम्युनिकेसन/कृषि इन्जिनियरिङ विषयमा स्नातक उर्तिण व्यक्तिले आवेदन दिन सक्नेछन् । 

रिक्त पदका लागि  प्रतिस्पर्धामा सहभागी हुने योग्य व्यक्तिले हालै खिचेको पासफोर्ट साइजको फोटो, व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी, कार्यानुभव प्रमाणपत्रको प्रतिलिपिलगायत आवश्यक कागजात केन्द्रको कार्यालयमा उपस्थित भई माघ १५ गतेसम्म पेश गनुपर्नेछ । 

थप ७ दिनभित्र डबल दस्तुर बुझाई आवेदन दिन सकिने पनि केन्द्रले जनाएको छ । दरखास्त फारम कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३