विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालले ५० युनिटसम्म बिजुली निःशुल्क दिने प्रतिबद्धता सहित आगामी निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिट विद्युत निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको हो ।

‘सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’  भन्ने मूल नाराका साथ दुई वर्षमा विद्युतमा पहुँच पुग्ने जनसंख्या शतप्रतिशत पुर्याइने जनाएकाे छ। घोषणापत्रमा ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याइने उल्लेख छ।

देशको जलस्रोतको लाभ सबै नागरिकमा पुर्याउन आकर्षक जलविद्युत परियोजनामा जनता, सहकारी संस्था र सरकारको सयुक्त लगानी प्रवद्र्धन गरिने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, आगामी ५ वर्षमा सबै निर्माणाधीन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । निर्माणाधीन नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूका ६४६ मेगावाट, निजी क्षेत्रको २७७६ मेगावाट, स्वदेशी निजी क्षेत्रबाट प्रस्तावित १४९४ र आगामी दश वर्षमा निर्माण गर्न सकिने ठूला आयोजनाहरू ९८६१ मेगावाटका आयोजनाको कार्यान्वयन तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । आगामी १० वर्षमा विद्युत जडित क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit