विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
बाढी पहिरोबाट २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते

काठमाडौँ । असोज ११ र १२ गते अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका कारण २२४ जनाको मृत्यु भएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सरकारका मुख्य सचिव एकनारायण अर्यालले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।  प्रारम्भिक तथ्याङ्क अनुसार विपत्तमा परी २४ जना अझै बेपत्ता रहेको र १५८ जना घाइते भएका छन् ।

त्यस्तै, ऊर्जा तथा सिँचाई क्षेत्रका पूर्वाधारमा करिब ५ अर्बसहित कुल १७ अर्ब भन्दा बढीको संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान छ । सरकारको अनुसमान अनुसार सञ्चालनमा रहेका ६६७ मेगावाटका १६ जलविद्युत् केन्द्र तथा ११३९ मेगावाटका निर्माणधीन १८ जलविद्युत् आयोजना र ५ वटा प्रमुख प्रसारण लाइनको टावरमा क्षति हुँदा करिब ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । प्रसारण लाइनमा क्षति पुगी विद्युत् अवरुद्ध भएका ठाउँहरूमा वैकल्पिम व्यवस्था गरी लाइन सुचारु गर्ने वातावरण मिलाउने सरकारको धारणा छ । सिँचाई पूर्वाधारतर्फ १ अर्ब बराबरको क्षति भएको छ । त्यस्तै, खानेपानी पूर्वाधारतर्फ ३ अर्ब ५५ करोड रुपैयाँ क्षति भएको छ ।

बाढीपहिरोका कारण ७७ मध्ये २१ जिल्ला बढी प्रभावित भएका छन् । ती मध्ये काठमाडौँ उपत्यकासहित काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक र मकवानपुरमा बढी क्षति भएको छ ।

बाढी र पहिरोका कारण सडक र पुलतर्फ २ अर्ब ५२ करोड र कृषि तथा पशुपक्षीतर्फ ६ अर्ब रुपैयाँ क्षति भएको छ । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने समेत सरकारले जानकारी दिएको छ ।

त्यस्तै घरबारविहीन भएकाहरूलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने र मृतकको परिवारलाई जनही २ लाख रुपैयाँ दिने समेत मुख्य सचिव अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३