विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुकुम पश्चिम र रुकुम पुर्वी क्षेत्रकाे विद्युत सेवा आज (बिहीबार) दिनभरीका लागि बन्द भएको छ । पश्चिम रुकुमकाे  त्रिवेणि गाउँपालिकाकाे झुल्नेटा नजिकैकाे ३३ केभी लाइनमा क्षति पुग्दा सेवा आपुर्ति बन्द भएकाे हाे ।

लाइन मर्मत सेवा सुरू गर्न दिनभरी लाग्ने देखिएकाे नेपाल विद्युत प्राधिकरण, रुकुम पश्चिम वितरण केन्द्रले  जनाएकाे छ । केन्द्रका अनुसार रुकुम पश्चिम र रुकुम पुर्वी क्षेत्रकाे अधिकांश क्षेत्रमा यही लाइन मार्फत सेवा प्रवाह भइरहेकाे  थियाे ।

सेवा बन्द भएकाे केही स्थानमा जाजरकाेटकाे कुदु सबस्टेसनबाट सेवा  दिइरहेकाे पनि केन्द्रले जनाएकाे छ । प्रतिकुल मौसम र जटिल भूगोलका कारण मर्मत कार्यका लागि आज दिनभर लाग्न सक्ने केन्द्रले जानकारी दिएको छ । तोकिएको समय अगावै काम पूरा भए निर्धारित तालिका अगावै सेवा सुरु गर्ने पनि केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit