विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज ३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एण्ड इभेन्टस् तथा एक्जीबीसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रालिको सयुक्त आयोजनामा भदौ २१, २२ र २१ गते काठमाडौँ, भृकुटीमण्डपमा तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

तेस्रो पटक आयोजना हुन गइरहेको यस प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १५० भन्दा बढी स्टलहरू रहने छन् । जसमा, उच्च गुणस्तरका अत्याधुनिक एवम् नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवम् कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, चार्जिङ स्टेशन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने जनाइएको छ ।

आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जलविद्युत् विभिन्न विद्युतीय माध्यमबाट उपभोग बढाई देशलाई आर्थिकरूपमा सबलीकरण गर्दै लैजान एवम् ऊर्जा तथा विद्युतीय व्यवसायीको समग्र विकास तथा व्यापार प्रवद्र्धनमा अधिक टेवा पुर्‍याउने उद्देश्यले प्रर्दशनीको आयोजना गर्न लागिएको हो ।

विद्युतीय उपकरणलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामग्रीको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम् प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको पनि जनाइएको छ ।

यस प्रदर्शनी अन्तर्गत दशैंको अवसर पारेर ग्राहकले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न सक्नेछन् । साथै, मन परेको सामान खरिद गर्न पाउने हुँदा त्यहाँ आउने व्यक्तिले लाभ उठाउन सक्ने आशा लिइएको छ । नेपाली बजारमा चाडपर्वको बेलामा नयाँ विद्युतीय सामान खरिद गर्ने चलन रहेको तथा दशैंको केही हप्ता अगाडि आयोजना हुने यस प्रदर्शनीले ग्राहकलाई आकर्षित गर्ने आयोजकको विश्वास छ ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवद्र्धन हुनेछन् । साथै, यी उद्योगमा भएका नवीन उपलब्धिबारे सूचना आदानप्रदान गर्ने तथा उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३