विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ७८०१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २३८१० मे.वा.घन्टा
  • आयात : ८१६० मे.वा.घन्टा
  • निर्यात : ५३७ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४८४५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५६ मे.वा.
२०८३ ब‌ैशाख १३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३’ को मस्यौदामा सरोकारवालाबाट राय सुझाव आह्वान गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै उक्त रणनीतिलाई थप परिष्कृत, व्यावहारिक र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाको सुझाव आवश्यक रहेको जनाएको हो ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्यसूचीको बुँदा नम्बर ७४ (क) र (ग) बमोजिम ऊर्जा खपत र निर्यात रणनीतिलाई सम्बोधन गर्ने गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उच्चस्तरीय अध्ययन समिति गठन गरेका थिए । समितिले रणनीतिको मस्यौदा तयार गरी बिहीबार मन्त्री श्रेष्ठ समक्ष पेश गरेको थियो ।

मन्त्रालयका अनुसार ऊर्जा खपत बढाउने तथा खपत गरी बढी भएको विद्युत् निर्यातलाई व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको रणनीतिमा व्यापक सुझाव समेट्न खोजिएको छ । सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज, विषय विज्ञ तथा आम सर्वसाधारणलाई मस्यौदा अध्ययन गरी ३ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरिएको छ । मस्यौदा मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको छ ।

सूचना अनुसार इच्छुकले मन्त्रालयको इमेल वा फिड ब्याक पोर्टलमार्फत सुझाव पठाउन सक्नेछन् । मन्त्रालयले प्राप्त सुझावलाई समेट्दै रणनीतिलाई अन्तिम रूप दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३