काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । भारतीय आयल कर्पोरेशनबाट नै पेट्रोलको भाउ ४ रुपैयाँ ७६ पैसाले बढेर आएको निगमले जनाएको छ ।
सोही अनुसार नेपालमा पनि भाउ बढाएर प्रतिलिटर १७५ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ । नयाँ मूल्य सूची अनुसार मट्टितेलको भाउ ३९ पैसा, हवाई इन्धनमा ३८ पैसा र खाना पकाउने ग्यासको भाउ २७ रुपैयाँले घटेर आएको छ । तर, यी इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।