विद्युत अपडेट

  • प्राधिकरण : ५२४८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९१० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६८३८ मे.वा.घन्टा
  • आयात : ८९७७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७०९३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०८३ मे.वा.
२०८२ चैत १८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर विद्युत् प्रणालीको सुधार, बजेट व्यवस्थापन र आत्मनिर्भरताको मार्गचित्रबारे ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष नारायणप्रसाद ज्ञवाली नेतृत्वको टोलीले मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेटी मुलुकको वर्तमान ऊर्जा सङ्‌कट र दीर्घकालीन समाधानका उपायबारे छलफल गरेको हो ।

अध्यक्ष ज्ञवालीका अनुसार, नेपालको जलविद्युत् उत्पादन नदीको बहावमा आधारित भएकाले हाल पिक समयको २,१०० मेगावाट माग धान्न आन्तरिक उत्पादन मात्र पर्याप्त छैन । हाल १५०० मेगावाट उत्पादन भइरहेको र ६०० मेगावाट अपुग रहेको अवस्थामा भारतबाट हुने आयातमा समय सीमा तोकिनुले थप चुनौती थपेको छ । यद्यपि, प्राधिकरणले कुलेखानी जस्ता जलाशयको उपयोग गरेर लोडसेडिङ टार्ने योजना बनाउनु सकारात्मक रहेको तर भारतबाट पूर्ण आपूर्ति बन्द भएको खण्डमा स्थिति जटिल हुने महासंघको निष्कर्ष छ ।

महासंघले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउँदै अबको मुख्य लक्ष्य खपत वृद्धि र पेट्रोलियम आयात विस्थापन हुनुपर्नेमा जोड दिएको छ । तर, हालको कमजोर वितरण प्रणालीले विद्युतीय चुलो र अन्य उपकरणको बढ्दो भार धान्न नसक्ने भएकाले प्रणाली सुधारका लागि तत्काल पर्याप्त बजेटको व्यवस्था गर्न माग गरिएको छ ।

साथै, भारतलाई सस्तोमा विद्युत् बेच्नुभन्दा स्वदेशमै खपत बढाउन विद्युत् महसुलको पुनरावलोकन गरी नेपाली जनतालाई सुहाउने दर निर्धारण गर्न महासंघले सुझाव दिएको छ । प्रणाली सुदृढीकरण गर्दै गुणस्तरीय र भरपर्दो सेवामार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भर बन्न नेपाल विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोग थप सक्रिय र दूरदर्शी हुनुपर्ने कुरामा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३