विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवद्र्वन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र पाल्पाका ३ पालीकाबीच सहकार्य भएको छ । बैंक र जिल्लाको तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिकाबीच सम्झौता भएको हो । 

पाल्पा जिल्लाको तानसेनमा गरिएको सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्येकारी अधिकृत सुजित कुमार शाक्य र पालिकाको तर्फबाट तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसि र तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले हस्ताक्षर गरे । 

नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा सावित हुने साथै यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रुपान्तरणमा सहयोग गर्ने बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताए । 

बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने बताउदै कृषि तथा पशु उद्यमशीलताको मूल्यश्रृंखलालाई अझ मजवुत बनाउदै हेफर ईन्टरनेशनले यस सम्झौता पत्रले लक्ष्य गरेका उद्देश्य प्राप्तीका लागि पूर्ण सहयोग गर्ने हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले बताए । 

कृषि पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन आजको सम्झौलाई ईतिहासमै निकै महत्वपूर्ण दिनको रुपमा लिएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताए । उनका अनुसार विगतमा सम्झौता हुने तर कार्यान्वयनमा ढिला सुस्ती हुने अवस्थाको अन्त्य गर्दै बैंकले पालिकाकाहरुको आर्थिक रुपान्तरणको अभियानमा नयाँ आयाम थप्ने विश्वास छ । 

सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । यस सम्झौता मार्फत बैंकले पाल्पा जिल्लाको आर्थिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने आशा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३