विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि आवेदन दिएका मध्ये ६ जना र सदस्य पदमामा ८ जना ‘सर्ट–लिस्ट’मा परेका छन् । आयोगले रिक्त रहेको एक जना अध्यक्ष र ३ सदस्य नियुक्तिका लागि २६ वैशाखमा सूचना प्रकाशित गरी योग्य उम्मेदवारबाट दरखास्त आह्वान गरेको थियो । त्यसपछि अध्यक्ष पदका लागि ८ जना र सदस्य पदमा ११ जनाले आवेदन दिएका थिए ।

आयोगको सूचना अनुसार अध्यक्ष पदका लागि सर्ट–लिस्टमा पर्नेहरूमा अर्जुनजंग थापा, चन्द्रसिंह साउद, दिल्लीबहादुर सिंह, डा. मधुसुधन अधिकारी, मोतिबहादुर कुँवर र डा. रामप्रसाद धिताल छन् । अध्यक्षमा आवेदन दिएका मध्ये कुशेश्वरप्रसाद साहु र कृष्णसिंह बस्नेत प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।  

त्यस्तै, सदस्य पदका लागि सर्ट–लिस्टमा पर्नेहरू कृष्णसिंह बस्नेत, चुडामणि चापागाई, जयराज भण्डारी, झमकप्रसाद शर्मा, भागिरथी भट्टराई (ज्ञवाली), डा. मधुसुदन अधिकारी, शकुन्तला ढकाल र सुरेशबहादुर भट्टराई रहेका छन् । 

सदस्यमा आवेदन दिएका मध्ये डा. सुर्यकुमार सापकोटा, जेनी पुरी र कुशेश्वरप्रसाद साहु प्रतिस्पर्धाबाट बाहिरिएका छन् । आयोगले सर्ट लिस्टमा पर्ने अध्यक्षका प्रतिस्पर्धीहरूलाई जेठ २६ र २७ गते तथा सदस्यका प्रतिस्पर्धीलाई जेठ २८ र २९ गते अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि बोलाएको छ । 

अध्यक्षसहित ४ सदस्यीय आयोगमा हाल अध्यक्षसहित ३ जना पदाधिकारीको पद रिक्त रहेको छ । 

याे पनि- आयोग पदाधिकारीका लागि १९ जना मैदानमाः अध्यक्षमा ८ र सदस्यमा ११ जनाको उम्मेदवारी

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३