काठमाडौं । सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले विभिन्न तहमा ४ कर्मचारी माग गरेको छ । कम्पनीको लागि रिक्त पदमा स्थायी पदपुर्तिका फागि कर्मचारीको माग गरेको हो ।
एक प्राविधिक अधिकृत, एक प्लान्ट सुपरभाइजर र दुइ साहायक अपरेटर गरी जम्मा ४ कर्मचारीको माग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्राविधिक अधिकृतका लागि इलेक्ट्रीकल इन्जिनियरिङ विषयमा स्नातक तह उत्तिर्ण गरेको र ३ वर्षसम्म सम्बन्धित क्षेत्रमा कार्य अनुभव प्राप्त भएको हुनुपर्नेछ ।
प्लान्ट सुपरभाइजरका लागि मेकानिकल इन्जिनियरिङ विषयमा डिप्लोमा तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा ३ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । यस्तै, सहायक अपरेटरका लागि इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा टिएसएलसी र एसइइ उत्तीर्ण भई कम्तीमा ६ महिना इलेक्ट्रिकल विषयमा तालिम वा अनुभव भएको हुनुपर्नेछ ।
इच्छुक योग्य व्यक्तिले फागुन १ गतेभित्र आवेदन दिइ सक्नुपर्नेछ । आवेदन दिँदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजकाृ फोटोसहित बुझाउनुपर्नेछ ।