विद्युत अपडेट

  • प्राधिकरण : ८४४२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५६२३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७६१९ मे.वा.घन्टा
  • आयात : २६३ मे.वा.घन्टा
  • निर्यात : १८३९६ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ७२०९८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३११९ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी बाढीपछि रसुवागढी जलविद्युत् केन्द्रबाट सम्पर्कविहीन ९३ जनाको खोजी कार्य सुरु गरिएको छ । यसका लागि नेपाली सेना, आयोजनाका उपकरणसहित उद्धार टोली आयोजनाको विद्युत्‌गृह पुग्ने पहुँच सुरुङमा पुगेर खोजी सुरु गरेको हो ।

यस आयोजनाकाे पहुँच सुरुङको प्रवेशद्वार बाढीले आंशिकरूपमा पुरेको छ । अवराेध पन्छाउँदै उद्धार टोली ४० मिटरसम्म भित्र प्रवेश गरिसकेकाे र सफा गर्दै अघि बढ्ने उद्धार रणनीति रहेको आयोजनाले जनाएको छ ।

आयोजनाबाट सम्पर्कविहीन हुनेमा रसुवागढी हाइड्रोपावर कम्पनीका ४९ जना कर्मचारी, २ जना ज्यालादारी कर्मचारी तथा निर्माणमा संलग्न विभिन्न कम्पनीका कामदार छन् । 

सुरुङमा फसेका ६ मध्ये ४ जना दुई दिनपछि आफैँ बाहिर निस्कन सफल भएका थिए । उनीहरूलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३