विद्युत अपडेट

  • प्राधिकरण : ९४५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १४०१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५१७३ मे.वा.घन्टा
  • आयात : ४३१ मे.वा.घन्टा
  • निर्यात : २०८४९ मे.वा.घन्टा
  • ट्रिपिङ : २८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६९३५८ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : ३२१५ मे.वा.
२०८३ असोज २१, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सबस्टेसनस्थित स्युचाटार–मातातीर्थ १३२ केभी लाइन बसमा अचानक तार चुडिएपछि मर्मतका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मर्मत कार्यका लागि अपराह्न साढे ४ बजेदेखि साढे ५ बजेसम्म करिब एक घण्टा सटडाउन गरिएको जानकारी दिएको छ ।

यस आकस्मिक मर्मतका कारण स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेसनहरूबाट विद्युत् आपूर्ति हुने उपत्यकाका विभिन्न क्षेत्रहरूमा विद्युत् सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणले जनाएको छ ।

मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा सोहीअनुसार विद्युत सेवा पुनः सुचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३