विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा ब्लु इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको १०० मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाको निर्माणले द्रुत गति लिएको छ । आयोजनाका इन्जिनियर कुशल घिमिरेका अनुसार आयोजनाका विभिन्न संरचना निर्माणका कार्य एकसाथ अघि बढेकोले समग्र आयोजनाको निर्माणले द्रुत गति लिएको हो ।

आयोजना अन्तर्गत गत नोभेम्बर (कात्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म) महिनामा मात्रै १३ हजार ६९४ घनमिटर कङ्क्रिटिङ सम्पन्न भएको छ । आयोजना सुरु भएदेखि हालसम्म गरिएको कुल १ लाख ३१ हजार ८१९ घनमिटर कङ्क्रिटिङ भएको छ । जसले आयोजनाको निर्माण गति सशक्त रूपमा अघि बढिरहेको संकेत दिएको उनले उल्लेख गरेका छन् ।

उनका अनुसार हाल ब्यारेज–४ को निर्माण एलिभेसन (इएल) २७१ मिटरसम्म पुगेको छ । ब्यारेज–५ मा पहिलो राफ्ट कङ्क्रिटिङको काम सम्पन्न भएको छ । त्यसैगरी, आयोजनाको विद्युत्‌गृहमा सबै युनिटहरूको निर्माण समानान्तर रूपमा अगाडि बढिरहेको छ ।

यस्तै, इन्टेक, ट्र्यास र्‍याक निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको छ । निर्माणको गति बढ्दा आयोजना तोकिएको समयसीमाभित्र सम्पन्न हुने देखिएको उनको भनाइ छ । आयोजना अन्तर्गत नदीको पानी फर्काउन त्रिशूली नदीमा ब्यारेज निर्माण गरी बाँध नजिकै विद्युत्‌गृह निर्माण गरिने भएको छ । पानी लैजान सुरुङ निर्माण नगरी विद्युत् उत्पादन गर्ने गरी डिजाइन गरिएको यो आयोजना नेपालकै पहिलो भएको प्रवर्द्धक कम्पनीले जनाएको छ ।

१९ अर्ब रुपैयाँको लागत अनुमान गरिएको आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ७ बैंकले कुल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने सम्झौता २०७७ साल फागुनमा गरेका थिए ।

आयोजनामा ३४.३६ मेगावाटका तीन वटा उत्पादन युनिट रहने छन् । आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म बिजुली लैजान आवश्यक १८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ ।

प्रवर्द्धक कम्पनीले २०६६ सालमा आयोजनाको सर्वेक्षण अनुमित पत्र पाएको थियो । २०७४ सालमा विद्युत् उत्पादन अनुमति पत्र पाएको कम्पनीले विद्युत् प्राधिकरणसँग २०७५ मा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३