विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष
भोटेकोसी नदीको बाढी प्रभाव अपडेट

रसुवा । अविरल वर्षासँगै भोटेकोसी नदीमा आएको भीषण बाढी र पहिरोले १११ मेगावाटको रसुवागढी जलविद्युत् केन्द्रमा ठूलो क्षति पुर्‍याएको ४ दिन बितिसक्दा पनि त्यहाँ कार्यरत ९३ जना कर्मचारी तथा कामदारको खोजी र उद्धार हुन सकेको छैन । सरकारको कमजोर उपस्थिति, भौगोलिक दुर्गमता, सडक सञ्जाल पूर्णतः विच्छेद हुँदा बाँध क्षेत्र तथा विद्युत्‌गृहमा अड्किएका जनशक्तिको वास्तविक अवस्था अज्ञात छ ।

गत वर्षको बाढीले पूर्णरूपमा क्षति पुगेको आयोजना पुनर्निमार्णमा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका ५१ जना, मुख्य ईपीसी ठेकेदार सी.डब्ल्यू. ई. का ४ जना (१ चिनियाँ नागरिकसहित), सहायक ठेकेदार शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रा.लि. का ३५ जना र भेनस कन्स्ट्रक्सनका ३ जना गरी कुल ९३ जना कार्यरत रहेको जनाइएको छ ।

निर्माणस्थलमा निर्माण तथा सञ्चालनमा खटिएका उच्च प्राविधिक अधिकारीहरू समेत बाढीका कारण सम्पर्कविहीन रहेको कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृत पुष्कर अमात्यले बताए । वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर तथा केन्द्र प्रमुख सन्तोष अधिकारी, मेकानिकल इन्जिनियर बेदप्रकाश नेपाल, इलेक्ट्रिकल इन्जिनियर समीर लामिछाने र लेखा अधिकृत सुरेन्द्र बिष्ट सहितका जिम्मेवार अधिकारीहरू आयोजनास्थलमै बसेको तर अहिलेसम्म उनीहरूको अवस्था अज्ञात रहेको उनको भनाइ छ । 

साथै, निर्माणस्थलमा निरन्तर खटिने एक्साभेटर, लोडर तथा टिपर अपरेटर, मेकानिकल तथा इलेक्ट्रिकल ओभरसियर, सुरक्षा गार्ड, जुनियर सहायक र भान्छेहरू ठूलो संख्यामा बाढीमा परेका छन् । मुख्य ठेकेदार कम्पनी सीडब्ल्यूईका चिनियाँ प्रतिनिधि ली यान बिन र स्थानीय दैनिक ज्यालादारी कामदारसमेत उद्धारको पर्खाइमा रहेको अमात्यले जानकारी दिए ।

कम्पनीका अनुसार बाँध क्षेत्रको मुख्य सुरुङमा फसेका ६ जनामध्ये ४ जनालाई नेपाली सेनाले जिवितै उद्धार गरी २ जनाको लाश निकालेको थियो । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

कम्पनीका अनुसार हराइरहेका जनशक्तिको वर्गीकरण

क्र.सं. संस्था/ठेकेदार कम्पनी संख्या मुख्य पद तथा जिम्मेवारी
रसुवागढी हाइड्रोपावर कम्पनी लि. ५१ जना इन्जिनियर, ओभरसियर, फोरमेन, चालक, सुरक्षा गार्ड, भान्छे, दैनिक ज्यालादारी 
शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रा.लि ३५ जना निर्माण कार्यमा खटिएका प्राविधिक तथा निर्माण श्रमिकहरू
सी.डब्ल्यू. ई.  ४ जना १ चिनियाँ नागरिक (ली यान बिन) र ३ नेपाली कामदार
भेनस कन्स्ट्रक्सन ३ जना स्टोर किपर (तारानाथ ढकाल), अपरेटर र भान्छे
   कुल सम्पर्कविहीन व्यक्तिहरू ९३ जना आयोजनास्थल, टिमुरे बजार र घट्टेखोला क्षेत्र

स्रोतः रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड

उद्धारमा ढिलाइ र आफन्तको चिन्ता

भोटेकोसीमा आएको अचानक बाढी र पहिरोले सडक पहुँचमार्ग पूर्णतः ध्वस्त पारेकाले पैदल मार्गबाट समेत उद्धार टोली पुग्न सकेको छैन । ४ दिन बितिसक्दा पनि खाद्य सामग्री र औसधी उपचारको अभाव हुन सक्ने भन्दै काठमाडौँ तथा स्थानीयस्तरमा रहेका

आफन्तले तत्काल हेलिकप्टरमार्फत उद्धार र खोजी कार्यलाई तीव्रता दिन सरकार र नेपाल विद्युत प्राधिकरणसमक्ष माग गरेका छन् ।

सञ्चार सेवा समेत प्रभावकारी नभएकाले आयोजनास्थलमा अड्किएका व्यक्तिहरूको पछिल्लो भौतिक अवस्थाबारे आधिकारिक जानकारी प्राप्त हुन नसकेको कम्पनीले जानकारी दिएको छ । ऊर्जा मन्त्रालय तथा स्थानीय प्रशासनले हवाई उद्धारका लागि पहल भइरहेको जनाए पनि प्रतिकूल मौसमका कारण समस्या भइरहेको छ । तथापि, सबै निकायमा जानकारी र दबाब पुगेको हुँदा उद्धार तथा खोजी कार्य सुरु हुने विश्वास गरिएको छ ।

बेपत्ता तथा जोखिममा रहेका ९३ जनाको आधिकारिक नामावली:

१. फुर्पु तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

२. निमा सिङ्गी तामाङ (लोडर अपरेटर - रसुवागढी हाइड्रोपावर)

३. उत्तमप्रसाद पौडेल (एक्साभेटर अपरेटर - रसुवागढी हाइड्रोपावर)

४. लाक्पा दुजे तामाङ (टिपर चालक - रसुवागढी हाइड्रोपावर)

५. निमा तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

६. लाक्पा ग्याम्जो तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

७. फुर्पु छिरिङ तामाङ (प्लम्बर - रसुवागढी हाइड्रोपावर)

८. निम ग्याल घले (जुनियर सहायक - रसुवागढी हाइड्रोपावर)

९. निमा दिन्दुप तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

१०. सारदुप तामाङ (भान्छे - रसुवागढी हाइड्रोपावर)

११. कैसाङ तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

१२. ताशी तामाङ (सुरक्षा गार्ड - रसुवागढी हाइड्रोपावर)

१३. भुजुङ तामाङ (सुरक्षा गार्ड/भान्छे - रसुवागढी हाइड्रोपावर)

१४. राम तामाङ (चालक तह २ - रसुवागढी हाइड्रोपावर)

१५. निमा छिरिङ तामाङ (चालक तह २ - रसुवागढी हाइड्रोपावर)

१६. सान्दु तामाङ (इलेक्ट्रोनिक ओभरसियर - रसुवागढी हाइड्रोपावर)

१७. पासाङ दिन्दुप नगरकोटी (भान्छे - रसुवागढी हाइड्रोपावर)

१८. डेरुप ग्याङगेन घले (भान्छे - रसुवागढी हाइड्रोपावर)

१९. पासाङ तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

२०. रिक्वेल ग्याल्बु घले (सुरक्षा गार्ड - रसुवागढी हाइड्रोपावर)

२१. धावा तामाङ (जुनियर हेल्पर - रसुवागढी हाइड्रोपावर)

२२. छिरिङ तामाङ (सब-ओभरसियर - रसुवागढी हाइड्रोपावर)

२३. पेम्बा ल्हाम्हु तामाङ (इलेक्ट्रिकल ओभरसियर - रसुवागढी हाइड्रोपावर)

२४. किशोर न्यौपाने (मेकानिकल ओभरसियर - रसुवागढी हाइड्रोपावर)

२५. सोनाम तामाङ (मेकानिकल फोरमेन - रसुवागढी हाइड्रोपावर)

२६. फुर्पु दिन्दुप तामाङ (सुरक्षा गार्ड - रसुवागढी हाइड्रोपावर)

२७. सन्तोष पौडेल (इलेक्ट्रिकल सब-ओभरसियर - रसुवागढी हाइड्रोपावर)

२८. समीर लामिछाने (इलेक्ट्रिकल इन्जिनियर - रसुवागढी हाइड्रोपावर)

२९. झ्याम्पा छेसाङ नगरकोटी (इलेक्ट्रिकल फोरमेन - रसुवागढी हाइड्रोपावर)

३०. छोवाङ दोर्जे तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

३१. सुरेन्द्र बिष्ट (लेखा अधिकृत - रसुवागढी हाइड्रोपावर)

३२. दावा साङबो तामाङ (फिल्ड सहायक - रसुवागढी हाइड्रोपावर)

३३. निमा नुर्पु तामाङ (हेल्पर/भान्छे - रसुवागढी हाइड्रोपावर)

३४. राजन थापा (भान्छे - रसुवागढी हाइड्रोपावर)

३५. बेदप्रकाश नेपाल (मेकानिकल इन्जिनियर - रसुवागढी हाइड्रोपावर)

३६. ल्हाक्पा छोवाङ तामाङ (भान्छे - रसुवागढी हाइड्रोपावर)

३७. सोनाम तामाङ (मेकानिक्स - रसुवागढी हाइड्रोपावर)

३८. सानु कान्छा तामाङ (इलेक्ट्रिकल फोरमेन - रसुवागढी हाइड्रोपावर)

३९. मिङमार दोर्जे घले (सुरक्षा गार्ड - रसुवागढी हाइड्रोपावर)

४०. सौगात अधिकारी (आई.टी. तथा सामग्री व्यवस्थापन - रसुवागढी हाइड्रोपावर)

४१. मिम्बर नगरकोटी (जुनियर हेल्पर/गार्ड - रसुवागढी हाइड्रोपावर)

४२. रज्जन डंगोल (चालक - रसुवागढी हाइड्रोपावर)

४३. निमा साङबो तामाङ (चालक - रसुवागढी हाइड्रोपावर)

४४. यमबहादुर दर्लामी (सिभिल ओभरसियर - रसुवागढी हाइड्रोपावर)

४५. सन्तोष अधिकारी (वरिष्ठ इलेक्ट्रिकल इन्जिनियर - रसुवागढी हाइड्रोपावर)

४६. कृष्णबहादुर बस्याल (मेकानिकल ओभरसियर - रसुवागढी हाइड्रोपावर)

४७. पीताम्बर श्रेष्ठ (मेकानिकल फोरमेन - रसुवागढी हाइड्रोपावर) 

४८. खगेन्द्रकुमार बिश्वकर्मा (इलेक्ट्रिकल ओभरसियर - रसुवागढी हाइड्रोपावर) 

४९. ज्ञानबहादुर लोप्चन (इलेक्ट्रिकल फोरमेन - रसुवागढी हाइड्रोपावर)

५०. भरतबहादुर माझी (दैनिक ज्यालादारी - रसुवागढी हाइड्रोपावर)

५१. बलाबहादुर माझी (दैनिक ज्यालादारी - रसुवागढी हाइड्रोपावर)

५२. तारानाथ ढकाल (स्टोर किपर - भेनस कन्स्ट्रक्सन)

५३. सङ्गम बुढा मगर (भान्छे - भेनस कन्स्ट्रक्सन)

५४. प्रकाश बि.क. (अपरेटर - भेनस कन्स्ट्रक्सन)

५५. उमेश धामी (नेपाली कामदार - सी.डब्ल्यू. ई.)

५६. हरिप्रसाद थारु (नेपाली कामदार - सी.डब्ल्यू. ई.)

५७. पदमबहादुर घर्ती मगर (नेपाली कामदार - सी.डब्ल्यू. ई.)

५८. इन्द्रकुमार बि.क. (नेपाली कामदार - सी.डब्ल्यू. ई.)

५९. राजकुमार यादव (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६०. प्रकाश कोइराला (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६१. गंगा चौधरी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६२. लाक्पानुर्पु तामाङ (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६३. निरज नेपाल (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६४. पुष्प नेपाल (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६५. सन्जु आचार्य (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६६. सीताराम महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६७. नुमनारायण महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६८. तेजबहादुर महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

६९. केवल महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७०. हेमबहादुर चौधरी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७१. कैलाम महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७२. धरमनाथ थारु (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७३. हुसन बहादुर थारु (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७४. जीवन बि.क. (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७५. विशाल मुख्य (शेर्पा हाइड्रो कन्स्ट्रक्सन) 

७६. बिजय महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७७. उमेश महतो (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७८. निमा लाक्पा शेर्पा (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

७९. शुक्र तामाङ (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८०. सिजन चौधरी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८१. रुपा मगर (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८२. अनिल चौधरी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८३. सुबोध शर्मा (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८४. सन्दीप मण्डल (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८५. उमेशकुमार साह (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८६. मणिकुमार खड्‌का (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८७. सञ्जिव बराइली (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८८. चन्द्र माझी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

८९. मिलन माझी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

९०. भेषराज माझी (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

९१. मिनबहादुर आले मगर (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

९२. नवराज आले मगर (शेर्पा हाइड्रो कन्स्ट्रक्सन)

९३. ली यान बिन (चिनियाँ नागरिक - सी.डब्ल्यू. ई.)

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३