विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्राे पावर कम्पनी लिमिटेडकाे सहायक कम्पनी लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेकाे १४.१५ मेगावाटकाे तल्लाे इर्खुवा खाेला जलविद्युत आयाेजनामा काम गर्न विभिन्न तहमा ४ कर्मचारीकाे माग गरिएकाे छ ।

कम्पनीका अनुसार १ जना साइट इन्चार्ज, २ जना सिभिल ओभरसियर र १ जना स्टोर किपर लागि आवेदन खुलाइएको छ । साइट इन्चार्जका लागि स्नातक तह उर्तीण गरेको हुनुपर्नेछ र कम्तीमा पनि हाइड्रो पावर क्षेत्रमा साढे ३ दोखि ५ वर्ष सम्मको कार्य अनुभव भएको हुनुपर्ने याेग्यता उल्लेख गरिएकाे छ ।

सिभिल ओभरसियरको लागि सिभिल इन्जिनियरिङ विषयमा डिप्लोमा पास गरेको हुनुपर्नेछ र हाइड्रो पावर क्षेत्रमा कम्तमिा पनि साढे ३ देखि ५ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यस्तै, स्टोर किपरको लागि म्यानेजमेन्ट विषयमा प्लस टु पास गरेको हुनपर्नेछ र सोही क्षेत्रमा २ देखि ३ वर्षसम्म काम गरेको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक व्यक्तिले ७ दिनभित्रमा आवेदन दिइसक्नु पर्नेछ । आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र कार्य अनुभव भएको प्रमाणपत्र सहित आवेदन बुझाउनु पर्नेछ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० साउनभित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको  हो ।

आयोजना सम्पन्न  भई उत्पादन हुने २२० केभी शितलपाटी सबस्टेसनमा जोडिनेछ । तर, शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न अझै करिब ३ वर्ष लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक  ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवद्र्वक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति भर्खरै पाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

विस्तृत जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit