विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

नुवाकोट । ६० मेगावाटको माथिल्लो त्रिशूली–३‘ए’ जलविद्युत् केन्द्रको सुरुङमा फसेका कर्मचारी तथा कामदारहरूको उद्धारका लागि अहिले सुरुङको मुख खन्न काम सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तदारुकता एवम् गृह मन्त्री सुदन गुरुङको समेत पहलमा काम थालिएको हो ।

नेपाली सेना तथा दक्ष जनशक्तिको सहभागितामा आवश्यक उत्खनन उपकरण प्रयोग गरी उद्धार कार्य अघि बढाइएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार विद्युत्‌गृहभित्र प्रवेश गर्ने केबल सुरुङको मुख पुरिएपछि कर्मचारीहरूको उद्धारमा जटिलता थपिएको छ । अहिले नेपाली सेनाको त्रिशूली ब्यारेकबाट प्रभावित क्षेत्रमा थप स्काभेटेर, आवश्यक डिजेल लगायत अत्यावश्यक सामान पठाउने तयारी भइरहेको छ ।

आयोजना स्थलको अवस्था तथा भौगोलिक जटिलताका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।

स्थानीय प्रशासनले शुक्रबार हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा डोजर पुर्‍याएर उद्धार तथा उत्खनन कार्य थालेको थियो तर जठिलताका कारण काम हुन सकेको थिएन । उद्धार कार्यमा आवश्यक उपकरण हवाईमार्गबाट पुर्‍याउने निर्णय ढिलो भएको भन्दै सम्पर्कविहीन कर्मचारीका परिवारजन तथा आफन्तले निरन्तर प्रश्न गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३