विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विश्व प्रसिद्ध मर्दी हिमाल पदयात्रा क्षेत्रमा विद्युत उपलब्ध गराउन सरकार प्रतिबद्व रहेको बताएकी छन् । सोमबार (चैत १३ गते) पोखरामा पर्यटन व्यवसायीसँग भएको भेटवार्तामा नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् सेवा उपलब्ध गराउने बताएकी हुन् ।

विद्युत सुविधा नपुगेका क्षेत्रमा सेवा पुर्याउन सरकारको प्राथमिकतामा रहेकाले मर्दी क्षेत्रमा विद्युत् उपलब्ध गराइने प्रतिबद्धता जनाए । सरकारले उत्पादित बिजुली सकेसम्म स्वदेशमै खपत बढाउने योजना बनाए भुसालले बताए ।

‘हाम्रो पहिलो प्राथमिकता विदेशमा निर्यातभन्दा पनि देशभित्रै खपत वृद्धि गर्ने हो’, उनले भने, ‘जसका लागि बिजुली नपुगेका क्षेत्रमा राष्ट्रिय प्रसारणको बत्ती पुर्याउने योजनामा सरकार छ, पर्यटन क्षेत्रलाई चाहिएजति बिजुली दिन प्रतिबद्ध छौ ।’ सरकारले आगामी दुई वर्षभित्रमा देशभर विद्युतीकरण गरिसक्ने गरी काम अघि बढाएको मन्त्री भुसालले जानकारी दिए ।

मर्दी क्षेत्रमा पर्यटकको चाप बढेसँगै होटल खुल्ने क्रम वृद्धि भए पनि बिजुली नहुँदा समस्यामा परेको पर्यटन व्यवसायीले गुनासो गरे । कास्कीमा अवस्थित चर्चित मर्दी हिमाल पदयात्रा क्षेत्रको डुँढखर्क, फरेष्ट क्याम्प, रेष्ट क्याम्प, लो क्याम्प, बादलडाँडा र हाइक्याम्प क्षेत्रमा हाल ५५ वटा होटलमा सञ्चालनमा छन् ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको यस क्षेत्रमा विद्युत विस्तार नहुँदा पर्यटन क्षेत्रमा असर पुगेको गुनासो व्यवसायीको छ । मर्दी क्षेत्रमा विद्युत विस्तारका लागि सिदिङ वा कालीमाटीको टान्सर्फरबाट माथिल्लो क्याम्पसम्म हाइटेन्शन लगेर विद्युत विस्तारका लागि नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गत वर्ष अध्ययन गरेपनि काम सुरु नभएको मर्दी हिमाल ट्रेक व्यवस्थापन समितिका संस्थापक सचिव एवं मर्दी हिमाल इको भिलेजका सञ्चालक शिवप्रसाद भण्डारीले बताए । उनका अनुसार विद्युत सुविधा नहुँदा पर्यटकलाई मोबाइल र क्यामेरा चार्जदेखि इन्टरनेट सुविधा उपलब्ध गराउनसमेत कठिन भएको छ । 

फ्रिज, ओभनलगायतका उपकरणसमेत सञ्चालन गर्न नसकिएको भण्डारीको भनाइ छ । ‘मर्दी क्षेत्रको मुख्य समस्या भनेकै बिजुली हो’, उनले भने, ‘बिजुली नहुँदा अहिले पर्यटकलाई चाहेजस्तो सुविधा दिन सकिएको छैन, पर्यटक बढेसँगै होटल अत्यधिक बढे तर पर्यटकलाई सुविधा भएन ।’

पदयात्रामार्गको कालिमाटी र घलेल तथा प्रितम देउरालीसम्म मात्र अहिले प्राधिकरणको विद्युत सेवा पुगेको छ । विद्युत नपुगेको पर्यटकीय क्षेत्रमा हाल सोलारबाट बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit