विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतस्थित छोचेन खोला र पुरेपू साङ्पो नदीको संगमस्थल नजिकैको एउटा ठूलो हिमताल (ग्लेशियर) फुटेको सूचना आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ ।

चिनियाँ अधिकारीहरूले ताल फुटेको औपचारिक जानकारी दिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानतर्फ लाग्न आग्रह गरेका छ ।

ताल फुटेपछि त्रिशूली (भोटेकोशी) नदीमा अकस्मात भीषण बाढी आउन सक्ने जोखिम उच्च बनेको छ । बाढीका कारण जलविद्युत् आयोजनाहरू, पुल, सडक तथा नदी किनारका बस्तीहरू पुनः प्रभावित हुने भन्दै स्थानीय प्रशासनले तटीय क्षेत्रमा अलर्ट जारी गरेको छ ।

नदी किनार, होचा क्षेत्र तथा तटीय बस्तीमा बसोबास गर्ने सर्वसाधारणलाई तुरुन्तै अग्लो र सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ । नदी किनारमा कार्यरत श्रमिक, प्राविधिक तथा जलविद्युत् कम्पनीहरूलाई उपकरण र कर्मचारीहरूलाई सुरक्षित राख्न भनिएको छ ।

आधिकारिक निकाय र स्थानीय प्रशासनको सूचनालाई मात्र ध्यान दिन र नदी किनारमा रमिता हेर्न वा भिडियो/फोटो खिच्न नजान अनुरोध गरिएको छ । सुरक्षा निकायहरूलाई सम्भावित जोखिम सम्बोधन गर्न र उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको रसुवा प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३